Saturday, May 19, 2012

     नेपालमा बिगत लामो समय देखि विभिन्न समय र कालखण्डमा प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रको नाममा धेरै जनआन्दोलनहरु भए . यस विचमा नेपाली जनताले आफ्नो हक अधिकारको सुनिस्चितता लागि पनि धेरै आन्दोलन तथा क्रान्तिहरु गर्नु पर्यो .  कति सफल भए भने कति असफल . यस्तै जनआन्दोलन हरु मध्ये एक हो 'जनआन्दोलन - २' . त्यसै जनआन्दोलनको उपलब्दी हो संबिधान सभाको चुनाब, अनि यसबाट प्राप्त हुन लागेको संबिधान... नेपाली जनताको आफ्नै संबिधान ...! हो, नेपालले नयाँ संबिधान पाउन अब एउटा हप्ता मात्र बाकीं छ भने अहिले ठुला राजनीतिक दलहरु त्यसैको तयारीमा जुटेका छन् . 

     अहिले ठुला राजनीतिक दलहरु संबिधानका मुख्य बिषय तथा एजेन्डामा सहमति जुटाउने प्रयासमा छन् भने केहि कुरामा सहमति, अझ भनौ साझेदारी भैसकेको छ . ति मध्ये मुख्य बिषयहरु प्रदेश निर्माण, साशकीय स्वरुप निर्धारण, संसद निर्माण प्रक्रिया आदि रहेका छन् . तर मैले देखेको मुख्य समस्या प्रदेश निर्माण नै रहेको छ .

     जनाअन्दोलन ०६२-०६३ को भावना अनुरुप नेपाललाई संघियतामा लैजाने निर्णय भयो . जुन कुरा राम्रै हो . बिगत लामो समय देखि राजधानी केन्द्रित शाशनले गर्दा राजधानी भन्दा टाढा रहेका क्षेत्र तथा वर्गमा बिकाशको अनुभूति हुन सकेन . त्यसैले अब संघिय राज्यमा बिभाजन भएपछी ति क्षेत्र लगायत सम्पूर्ण क्षेत्रको बिकास हुने आशा गर्न सकिन्छ . बिश्वका विभिन्न देशहरुलाई उदाहरणको रुपमा हेर्न सकिन्छ . 

     तर अहिले देखिएको मुख्य समस्या भने जातीय आधारमा राज्य बिभाजन रहेको छ जुन कुरा सुन्दैमा लजास्पद लाग्दछ . हुन पनि अहिलेको २१औं सताब्दिमा जात जाति, भाषा, लिङ्ग भन्दा माथि उठ्नु पर्ने बेलामा त्यहि जातीय आधारमा राज्य बिभाजन गर्न लागिएको छ . सय भन्दा बढी जात-जातिको बसोबास रहेको नेपालमा यस्तो कुरा गर्नु, त्यो भन्दा महामुर्खाता अरु के हुन सक्ला . हो उसबेला एउटा प्रयोजनका लागि छुट्याइएको जात-जाति को बिषयलाई लिएर पछि धेरै थिचो-मिचो भए . तर त्यस्ता कुरीतिको बिरोध गर्नु पर्ने बेलामा त्यहि जात-जातिको नाममा प्रदेश निर्माण गरि समाजमा जातीय सदभाभ खल्बल्याउन खोज्नु पक्कै पनि बुद्धिमानीको काम हैन . होला यसरि प्रदेशको निर्माण गर्दा पिछडिएका जातिको बिकाश हुन्छ भन्ने एक थरिको विचार होला . तर यसलाई सैदान्तिक (Theoretical) रुपमा नभई ब्यबहारिक (Practical) रुपमा हेर्ने हो भने यसबाट देश झनै जटिल जातीय द्वन्द तथा डर लाग्दो गृह युद्धमा पस्ने देखिन्छ . त्यसैले बेलैमा बुद्धि पुर्याउन जरुरि छ . 

     त्यस्तै अर्को कुरा प्रदेशहरु छुट्याउदा हतारमा राम्रो संग अध्ययन नगरी आफूखुसी आपसी साझेदारीमा निर्णय गर्नु भन्दा एक-डेढ महिनाको समय छुट्याएर बैज्ञानीक हिसाबले प्रदेश बिभाजन गर्दा राम्रो होला जस्तो लाग्छ मलाई .  हो समय सकिसक्यो, निर्धारित २ वर्ष अनि त्यसिपछि थपेको २ वर्ष पनि सकिन लाग्यो . त्यसकारण संबिधान यसपालि ल्याउनै पर्छ, जेठ १४ मै ल्याउनै पर्छ . तर राजनीतिक दलहरुको अदुरदर्शिताको कारणले अब रहेको निकै छोटो समयमा राज्य बिभाजन जस्तो जटिल विषयमा सम्बन्धि निर्णय गर्नु भन्दा संबिधान अहिले घोसणा गरि संघियताको लागि मात्र  एक महिनाको समय थप गरे कसो होला...??? हतारमा निर्णय गरेर पछी फुर्सतमा पछुताउनु भन्दा विचार पुर्याएर निर्णय लिदाँ राम्रो होला जस्तो लाग्छ मलाई त . 

कृपया तपाईंको मनमा लागेका विचार अनि केहि सल्लाह सुझावहरु भए तल Comment गर्न नबिर्सनु होला...
Tuesday, April 24, 2012
     आज बैशाख ११ गते....लोकतन्त्र दिवस । आज भन्दा ६ वर्ष अघि अर्थात् बि.स. २०६३ बैशाख ११ गते १९ दिन लामो ऐतिहासिक जनआन्दोलन पछि तत्कालिन राजा ज्ञानेन्द्र वीर विक्रम शाह बाट जनतामा सत्ता हस्तान्तरण भएको दिन । २ सय ३७ वर्ष पुरानो राजतन्त्र को अन्त्य भएको दिन हो आज, नेपालमा लोकतान्त्रिक गणतन्त्रको जग बसेको दिन हो आज, संविधान सभाको चुनाबको धोका खुलेको दिन हो आज । हो आजकै दिन देखि एउटा नयाँ नेपालको सुरुवात भएको थियो ।

     २००७ सालमा भएको आन्दोलन ले नेपाल मा १०४ बर्से लामो राणा शासनको अन्त्य गर्यो, त्यसपछी २०१७ सालमा तत्कालिन राजा महेन्द्र वीर विक्रम शाह बाट जन निर्वाचित प्रधानमन्त्री तथा संसद समेत भंग गरि निर्दलीय पंचायती व्यवस्था लागु गरेका थिए । त्यसपछी २०१८, 20३३ अनि २०३६ लगायतका आन्दोलन भए र २०३६ मा  फेरी जनमत संग्रह पछी सुधारिएको पंचायती व्यवस्था लागु भयो । अझै पनि जनताले भनेको जस्तो भएको थिएन । र अन्त्यमा २०४६ सालको क्रान्तिले प्रजातन्त्र पुनर्थापना तथा बहुदलीय शासन व्यवस्था लागु गरेको थियो । तर त्यो बहुदलीय संसदीय व्यवस्था पनि विभिन्न कारणले लामो समयसम्म चल्न सकेन ।२०६२-०६३ मा पुन: एकपटक आन्दोलन भयो । जसको फलस्वरुप हाल नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।

     यसरि नेपालमा प्रजातन्त्र तथा लोकतन्त्र को बिकाश हेतु विभिन्न समयमा पटक-पटक आन्दोलनहरु भएका छन् । नेपालमा मात्र हैन विश्वका प्राय सबै देशमा यस्ता आन्दोलनहरु पटक पटक हुने गरेका छन् । यी सबै आन्दोलनको एउटै मात्र उद्देश्य देशमा अमन चयन होश अनि देशको बिकाश होस भन्ने नै हो । 

     हाल नेता तथा दलहरुको एउटै मात्र काम ०६२-०६३ को आन्दोलन बाट प्राप्त प्रजातन्त्रलाई संस्थागत गरि जनताले चाहेको जस्तो संविधान दिनु रहेको छ । प्रजातन्त्र भनेको "जनताले जनताकालागि जनताद्वारा गरिने शासन व्यवस्था" हो भन्ने कुरा अहिले दलहरुले बुझी जनताको इक्क्षा र चाहना अनुरुप काम गर्नु पर्छ । नत्र फेरी नेपाली जनता अर्को आन्दोलन गर्न बाध्य हुनेछन् ।

     यसपाली नेपाल सरकारले कुनै औपचारिक कार्यक्रमको आयोजना गरि लोकतन्त्र दिवस नमनाएपनि अन्य राजनीतिक दल तथा अन्य संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि लोकतन्त्र दिवस मनाएका छन् । यसअघि सरकारले काठमांडूको टुडिखेल स्थित सैनिक मन्च लगायत देशका प्राय सबै जिल्लाहरुमा बिशेष कार्यक्रमको आयोजना गरि यो दिवस मनाउने गर्थ्यो । तर यसपाली भने अस्ति प्रजातन्त्र दिवस र आज लोकतन्त्र दिवस दुवै मनाएन । नाम मात्रको कार्यक्रम आयोजना गर्नु भन्दा केहि राम्रो काम गरेर देखाउने भनेर सरकारले यस्तो निर्णय गरेको हुनुपर्छ । जे होस् आउदो जेठ १४ गते नेपालले नया संविधान पावोस यहि छ मेरो सबै लाई यो लोकतन्त्र दिवसको शुभकामना....जय नेपाल !!!

केहि सल्लाह सुझाव अनि प्रतिक्रिया भए तल Comments गर्न नबिर्सनु होला ।
Saturday, April 21, 2012
     नमस्कार्, आज मातातिर्थ औँसी को दिन म यो मेरो ब्लग मा पहिलो पोस्ट गर्दै छु । पहिलो पोस्ट ... भनिन्छ कुनै पनि कुराको सुरुवात गर्न सधै आफ्ठ्यारो नै हुने गर्छ, यो तथ्य बाट म मात्र किन अछुतो रहन सक्थे र ! हुनत यो गूगल ले प्रदान गर्ने blogspot मेरो लागि नयाँ भने हैन, तर पनि आफ्नो ब्लग को पहिलो पोस्ट गर्दै गर्दा मन मा कता-कता डर जस्तो लाग्दो रहेछ् । कतै मैले लेखेका कुरा नराम्रा त हुने हैनन्, साथीभाईहरूले के सोच्लान अनि यस्तै यस्तै...। 

के हो त ब्लग ?
     सुरुमा कुरा गरौँ ब्लग को बारेमा, आखिर के हो त ब्लग ? Blog भनेको Web-log को छोटो रुप हो जसको शाब्दिक अर्थ एउटा website भन्ने बुजिन्छ जसमा सामग्रीहरु log को रुपमा राखिएको हुन्छ । अझ technically भन्नु पर्दा ब्लग समय क्रम अनुसार मिलाइएको website हो भन्दा हुन्छ । ब्लग प्राय एउटै मान्छेले विभिन्न शिर्षकमा लेख्ने गर्दछ तर कहिले काहीं धेरै मानिसहरु मिलेर पनि ब्लग खोल्न सक्दछन् । 



मेरो ब्लग को विधाहरु : 
     ब्लग प्राय कुनै एक विषयमा वा विभिन्न विषयहरु (जस्तै: फोटोग्राफी, अध्यात्मिक चिन्तन आदि ।) मा लेखिन्छन् ।  ल त्यसोभए म ब्लग कुन विषयमा लेख्ने त ? म एक technology को विद्यार्थी, त्यसैले मैले राख्ने प्राय सामग्रीहरु पनि बढी यहि क्षेत्र संग सम्बंधित हुनेछन् । तर अरु विधामा पनि लेख्ने प्लान बनाएको छु । 

अन्त्यमा,
     अन्त्यमा, आज आमाको मुख हेर्ने दिन ... आफुलाई जन्म दिने आमा प्रति सम्मान गर्ने दिन ... सम्पूर्ण आमाहरु प्रति कृतज्ञता प्रकट गर्दै मलाई जन्म दिने अनि मेरा हरेक दुख सुख मा साथ दिने मेरी प्यारी आमा (Mom) प्रति म यो ब्लग समर्पित गर्न चाहन्छु । Love you Mom..:)

     मेरो लेखाइ त्यस्तो राम्रो त छैन, तैपनि आगामी दिन मा यसलाई सुधार्दै लाने प्रतिबद्दता गर्दै उचित प्रतिक्रियाको आशा गर्दछु । Please comment...