Tuesday, April 24, 2012
     आज बैशाख ११ गते....लोकतन्त्र दिवस । आज भन्दा ६ वर्ष अघि अर्थात् बि.स. २०६३ बैशाख ११ गते १९ दिन लामो ऐतिहासिक जनआन्दोलन पछि तत्कालिन राजा ज्ञानेन्द्र वीर विक्रम शाह बाट जनतामा सत्ता हस्तान्तरण भएको दिन । २ सय ३७ वर्ष पुरानो राजतन्त्र को अन्त्य भएको दिन हो आज, नेपालमा लोकतान्त्रिक गणतन्त्रको जग बसेको दिन हो आज, संविधान सभाको चुनाबको धोका खुलेको दिन हो आज । हो आजकै दिन देखि एउटा नयाँ नेपालको सुरुवात भएको थियो ।

     २००७ सालमा भएको आन्दोलन ले नेपाल मा १०४ बर्से लामो राणा शासनको अन्त्य गर्यो, त्यसपछी २०१७ सालमा तत्कालिन राजा महेन्द्र वीर विक्रम शाह बाट जन निर्वाचित प्रधानमन्त्री तथा संसद समेत भंग गरि निर्दलीय पंचायती व्यवस्था लागु गरेका थिए । त्यसपछी २०१८, 20३३ अनि २०३६ लगायतका आन्दोलन भए र २०३६ मा  फेरी जनमत संग्रह पछी सुधारिएको पंचायती व्यवस्था लागु भयो । अझै पनि जनताले भनेको जस्तो भएको थिएन । र अन्त्यमा २०४६ सालको क्रान्तिले प्रजातन्त्र पुनर्थापना तथा बहुदलीय शासन व्यवस्था लागु गरेको थियो । तर त्यो बहुदलीय संसदीय व्यवस्था पनि विभिन्न कारणले लामो समयसम्म चल्न सकेन ।२०६२-०६३ मा पुन: एकपटक आन्दोलन भयो । जसको फलस्वरुप हाल नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।

     यसरि नेपालमा प्रजातन्त्र तथा लोकतन्त्र को बिकाश हेतु विभिन्न समयमा पटक-पटक आन्दोलनहरु भएका छन् । नेपालमा मात्र हैन विश्वका प्राय सबै देशमा यस्ता आन्दोलनहरु पटक पटक हुने गरेका छन् । यी सबै आन्दोलनको एउटै मात्र उद्देश्य देशमा अमन चयन होश अनि देशको बिकाश होस भन्ने नै हो । 

     हाल नेता तथा दलहरुको एउटै मात्र काम ०६२-०६३ को आन्दोलन बाट प्राप्त प्रजातन्त्रलाई संस्थागत गरि जनताले चाहेको जस्तो संविधान दिनु रहेको छ । प्रजातन्त्र भनेको "जनताले जनताकालागि जनताद्वारा गरिने शासन व्यवस्था" हो भन्ने कुरा अहिले दलहरुले बुझी जनताको इक्क्षा र चाहना अनुरुप काम गर्नु पर्छ । नत्र फेरी नेपाली जनता अर्को आन्दोलन गर्न बाध्य हुनेछन् ।

     यसपाली नेपाल सरकारले कुनै औपचारिक कार्यक्रमको आयोजना गरि लोकतन्त्र दिवस नमनाएपनि अन्य राजनीतिक दल तथा अन्य संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि लोकतन्त्र दिवस मनाएका छन् । यसअघि सरकारले काठमांडूको टुडिखेल स्थित सैनिक मन्च लगायत देशका प्राय सबै जिल्लाहरुमा बिशेष कार्यक्रमको आयोजना गरि यो दिवस मनाउने गर्थ्यो । तर यसपाली भने अस्ति प्रजातन्त्र दिवस र आज लोकतन्त्र दिवस दुवै मनाएन । नाम मात्रको कार्यक्रम आयोजना गर्नु भन्दा केहि राम्रो काम गरेर देखाउने भनेर सरकारले यस्तो निर्णय गरेको हुनुपर्छ । जे होस् आउदो जेठ १४ गते नेपालले नया संविधान पावोस यहि छ मेरो सबै लाई यो लोकतन्त्र दिवसको शुभकामना....जय नेपाल !!!

केहि सल्लाह सुझाव अनि प्रतिक्रिया भए तल Comments गर्न नबिर्सनु होला ।

0 Comments: