Showing posts with label mother's day. Show all posts
Showing posts with label mother's day. Show all posts
Saturday, April 21, 2012
     नमस्कार्, आज मातातिर्थ औँसी को दिन म यो मेरो ब्लग मा पहिलो पोस्ट गर्दै छु । पहिलो पोस्ट ... भनिन्छ कुनै पनि कुराको सुरुवात गर्न सधै आफ्ठ्यारो नै हुने गर्छ, यो तथ्य बाट म मात्र किन अछुतो रहन सक्थे र ! हुनत यो गूगल ले प्रदान गर्ने blogspot मेरो लागि नयाँ भने हैन, तर पनि आफ्नो ब्लग को पहिलो पोस्ट गर्दै गर्दा मन मा कता-कता डर जस्तो लाग्दो रहेछ् । कतै मैले लेखेका कुरा नराम्रा त हुने हैनन्, साथीभाईहरूले के सोच्लान अनि यस्तै यस्तै...। 

के हो त ब्लग ?
     सुरुमा कुरा गरौँ ब्लग को बारेमा, आखिर के हो त ब्लग ? Blog भनेको Web-log को छोटो रुप हो जसको शाब्दिक अर्थ एउटा website भन्ने बुजिन्छ जसमा सामग्रीहरु log को रुपमा राखिएको हुन्छ । अझ technically भन्नु पर्दा ब्लग समय क्रम अनुसार मिलाइएको website हो भन्दा हुन्छ । ब्लग प्राय एउटै मान्छेले विभिन्न शिर्षकमा लेख्ने गर्दछ तर कहिले काहीं धेरै मानिसहरु मिलेर पनि ब्लग खोल्न सक्दछन् । 



मेरो ब्लग को विधाहरु : 
     ब्लग प्राय कुनै एक विषयमा वा विभिन्न विषयहरु (जस्तै: फोटोग्राफी, अध्यात्मिक चिन्तन आदि ।) मा लेखिन्छन् ।  ल त्यसोभए म ब्लग कुन विषयमा लेख्ने त ? म एक technology को विद्यार्थी, त्यसैले मैले राख्ने प्राय सामग्रीहरु पनि बढी यहि क्षेत्र संग सम्बंधित हुनेछन् । तर अरु विधामा पनि लेख्ने प्लान बनाएको छु । 

अन्त्यमा,
     अन्त्यमा, आज आमाको मुख हेर्ने दिन ... आफुलाई जन्म दिने आमा प्रति सम्मान गर्ने दिन ... सम्पूर्ण आमाहरु प्रति कृतज्ञता प्रकट गर्दै मलाई जन्म दिने अनि मेरा हरेक दुख सुख मा साथ दिने मेरी प्यारी आमा (Mom) प्रति म यो ब्लग समर्पित गर्न चाहन्छु । Love you Mom..:)

     मेरो लेखाइ त्यस्तो राम्रो त छैन, तैपनि आगामी दिन मा यसलाई सुधार्दै लाने प्रतिबद्दता गर्दै उचित प्रतिक्रियाको आशा गर्दछु । Please comment...